बलिउडको ‘क्लासिक’ अभिनेत्रीको सूचिमा जब कुनै महिला खलपात्रको चर्चा हुन्छ तब ललिता पवारको नाम सबैभन्दा माथि आउँछ भन्दा अन्यथा नहोला।
आज पनि उनको सिनेमा हेरेर मानिसहरू उनलाई घृणा गर्छन्। विशेष गरी खराब सासुको भूमिकाले उनलाई यो स्थान दिलाएको हो। यो पहिचान बनाउनु सबैको क्षमताको कुरा होइन्। उनले सिनेमामा करियर भीलेनका रूपमा सूरूवात गरेकी होइनन्। वास्तविक जीवनमा घटेको एउटा क्रुर घटनाले उनी ‘खल पात्र’मा अभिनय गर्न पुगेकी थिइन्।
उनी सिनेमाको हिरोइन बन्न चाहन्थिन्। १८ अप्रिल सन् १९१६ मा जन्मेकी ललिताले एक आँखा गुमाएपछि ‘खल चरित्र’लाई आफ्नो सिनेमा यात्राको बाटो बनाउनुपर्यो।
सन् १९४२ मा उनी ‘जंग-ए-आजादी’को सुटिङ् गर्दै थिइन् । एक सिनको सुटिङ्का दौरान उनको आँखामा चोट लाग्यो। चोटले उनको हिरोइन बन्ने सपना देख्ने आँखा लग्यो। यस सिनमा उनका सहकर्मी कलाकार भगवान दादाले ललितालाई एक झापड हान्नुपर्ने दृश्य थियो, भगवान दादाले हानेको झापड यति बेस्कन लाग्यो की उनी त्यही लडिन, उनको कानबाट रगत नै आयो। सेटमा नै उनको उपचार सुरू भयो।
उपचारका दौरान डक्टरले प्रयोग गरेको गलत उपचारले ललिताको दाहिनेभागमा पक्षघात भयो। त्यसले उनको दाहिने आँखा खुम्चियो। उनले सो आँखा गुमाइन्।
अभिनेत्रीसँगै कुशल गायिका पनि
आँखा बिग्रेपनि ललिताले हार मानिनन्। उनले आफ्नो नयाँ सुरूवात भारतीय सिनेमा इतिहासकी सबैभन्दा क्रुर सासु बनेर गरिन्। ललिताको परिचय अभिनेत्रीको मात्र होइन। उनी कुशल गायिका पनि हुन्। यस घटनाले बलिउडमा उनको परिचय बदलियो। उनले ‘हिम्मते मर्दा’ सिनेमाका लागि गाएको ‘नील आभा में प्यारा गुलाब रहे, मेरे दिल मैं प्यारा गुलाब रहे’ बोलको गीत उनको समयमा खुबै चर्चित बनेको थियो।
रामानन्द सागरको रामायणकी ‘मन्थरा’
ललिताले ९ वर्षको उमेरमा बाल कलाकारको रूपमा ‘सत्य हरिशचन्द्र(१९२८)’ सिनेमाबाट आफ्नो करियर सुरू गरेकी थिइन। सन् १९४० को दशकका मूक सिनेमामा उनले मुख्य नायिकाको भूमिकामा पनि काम गरिन्। उनले अनाडी, श्री ४२० तथा मिस्टर एण्ड मिसेज ५५ मा गरेको अभिनयका लागि राम्रो तारिफ बटुलेकी छिन्। उनले आफ्नो जीवनकालमा हिन्दी, गुजराती तथा मराठी गरेर ७ सय बढी सिनेमामा काम गरिन्। ललिता छुच्ची सासुको अलावा रामानन्द सागर निर्मित ‘रामायण’मा ‘मन्थरा’को भूमिका लागि पनि स्मरणिय छिन्।
क्यान्सरबाट निधन
भारतको नासिकस्थित एक व्यापारी लक्ष्मणराव सगुनको घरमा जन्मेकी ललिताले सुरूमा मासिक १८ रूपैयाँमा बालकलाकार बनेर मूक सिनेमामा काम गर्थिन्। सन् १९६० मा उनलाई क्यान्सर लाग्यो। उनी उपचारका लागि पुणे गइन्। सन् १९८८ मा उनको निधन भयो।