बैंक अफ काठमाण्डूले आफ्ना भिसाकार्ड भएका ग्राहकका लागी कार्ड प्रयोग गरे बापत १० प्रतिशत सम्म नगद फिर्ता योजना सार्वजनिक गरेको छ।
योजनामा न्यूनतम व्यक्तिगत कारोबार सिमा १० हजार रुपैयाँ तोकिएको छ।दैनिक नगद फिर्ता रकमको सीमा कारोबारको १० प्रतिशत अथवा अधिकतम ५ सय रुपैयाँ कायम गरिएको बैंकले जनाएको छ।
यसको साथै व्यक्तिगत नगद फिर्ताको अधिकतम सिमा ५ हजार रुपैयाँ तोकिएको छ।नगद फिर्ताको योजना नेपाल भित्रका सम्पूर्ण पियोएस टर्मिनलमा तथा ई(कर्मस कारोबारहरूमा लागू हुने बैंकको भनाइ छ।