सिटिजन्स बैंक इन्टरनेसनलले मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ९ रजैयामा एक्सटेनसन काउन्टर स्थापना गरेको छ।
एक्सटेनसन काउन्टरबाट नगद जम्मा तथा भुक्तानी गर्ने, रेमिट्यान्स भुक्तानी गर्ने तथा पठाउने, चेक क्लियरिङ गर्ने, एबिबिएस सुविधा लगायत विभिन्न बैंकिङ्ग सेवाहरु उपलब्ध गराउने बैंकले जनाएको छ।
बैंकका देसभरि ८१ शाखा, ७५ एटिएम र ९९ शाखा रहित बैंकिङ्ग एकाई छन्।