नेपालको अन्तर्राष्ट्रिय वस्तु व्यापारमा प्रति महिना एक खर्ब बढीले घाटा भइरहेको छ। चालु वर्षको ६ महिनामा ६ खर्ब ७८ अर्ब व्यापार घाटा भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
यो अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको ६ महिनामा ५ खर्ब १३ अर्बले घाटा भएको थियो। नेपालबाट निर्यात गर्ने भन्दा आयात गर्ने वस्तुको मूल्य बढी भएमा व्यापार घाटा हुन्छ।
अघिल्लो वर्ष यस्तो घाटा ११ खर्ब ६१ अर्ब रहेको थियो।