गोल्छा अर्गनाइजेशनले भारतको हेस्टर बायोसाइन्सेज लिमिटेडसँगको सहकार्यमा काभ्रेबाट भ्याक्सिन उत्पादन शुरु गरेको छ।
निर्यात गर्ने लक्ष्यसहित शुरु भएको हेस्टर बायोसाइन्सेज नेपालको प्रधानमन्त्री केपी शार्मा ओली र अर्थमन्त्री डा युवराज खतिवडाले सयुक्त रुपमा उद्घाटन गरेका थिए।
नेपालीको मुख्य आम्दानीको स्रोत पशुपालन भएको र हेस्टर बायोसाइन्सेजले किसानहरुलाई पशुपालनमा मद्दत पु¥याउने ओलीले विश्वास व्यक्त गरे।
कार्यक्रममा अर्थमन्त्री खतिवडाले निर्यात मुलक उद्योगले दिगो आर्थिक विकासमा टेवा पु¥याउने बताए।
‘यस्तो प्रकारका निर्यात उन्मुख उद्यमले दिगो आर्थिक विकासमा मद्दत गर्छ । हामीले यस्तो प्रकारका उद्योगहरु सञ्चालनमा प्राथमिकता दिनुपर्छ । बहुआयामी हेस्टर बायोसाइन्सेसले नेपाली र अन्तर्रराष्ट्रीय बजारमा पु¥याएको सेवा प्रशंसायोग्य छ’खतिवडाले भने।
कार्यक्रममा हेस्टर बायोसाइन्सेस् नेपालका प्रमुख कार्यकारी राजिव गान्धीले पशुहरुमा देखा परेका विभिन्न रोगहरुले ल्याउने खतरा न्यूनीकरण गर्न कम्पनीले औषधि उत्पादन गर्ने जानकारी दिए।
हेस्टरले उच्च प्रविधिको प्रयोग गरेर कुखुरादेखि अन्य चौपायाहरुलाई आवश्यक पर्ने भ्याक्सीन उत्पादन गर्छ । यस कम्पनीको वार्षिक कुल उत्पादन क्षमता १ अर्ब २४ करोड डोज लाइभ र सक्रिय भ्याक्सीन छ । हाल कम्पनीको २० भ्याक्सीनका लागि लाइसेन्स् प्राप्त गरिसकेको छ भने २७ भ्याक्सीनहरु लाइसेन्स्को तयारीमा छ । कम्पनीले २ करोड डोज भ्याक्सीनहरु निर्यात गरिसकेको छ ।
कम्पनीले ९० प्रतिशत उत्पादन निर्यात गर्ने बताएको छ।
गोल्छा अर्गनाइजेशनका कार्यकारी निर्देशक शेखर गोल्छाले नेपालमा पशुजन्य उत्पादन वृद्घि भइरहँदा सरकारले पशुहरुको हेल्थ केयर कम्पनीलाई प्रवद्र्घन गर्न उच्च प्राथमिकता दिनुपर्ने बताए।
‘नेपाललाई पशुहरुका लागि आवश्यक पर्ने भ्याक्सीन उत्पादनमा आत्मनिर्भर बनाउन र भेडा र बाख्राहरुमा लाग्ने पीपीआर रोगलाई हटाउन सरकारले सहयोग गर्नुपर्छ हामी त्यसका लागि काम गर्न सदैव तयार छौं’ गोल्छाले भने।