फेब्रूअरी १४ आउनै पर्ने,
गुलाव लिएर धाउनै पर्ने,
त्यो दिन जसरी नि भ्याउनै पर्ने
प्रेम त..
मायाँलुको आँखामा हुनुपर्ने,
बावुको हेराईमा हुनुपर्ने,
आमाको बोलि फेराईमा हुनुपर्ने,
आफन्तको धड्कनमा हुनुपर्ने,
गुरूको चड्कनमा हुनुपर्ने,
प्रेम यस्तो..
रोमियो - जुलियटको जस्तो
लैला - मजनुको जस्तो
प्रकृतिको मिठास सुभास जस्तो
दया,मायाँ,धर्म जस्तो,
प्रेम ..
मातृत्वमा खेल्छ,
भातृत्वमा मिल्छ,
मित्रतामा हाँस्छ,
सम्बन्धलाई गाँस्छ,
सांचो प्रेम..
न त घामले नै देख्छ,
न त डाँडाले छेक्छ,
न त पानिमा घुल्छ,
न त गुलावमा भुल्छ,
यसले त..
संसारै भुलाईदिन्छ,
मन मस्तिष्क डुलाईदिन्छ,
टाढा हुँदा रूलाईदिन्छ,
संसार यसले भुलाई दिन्छ,
सच्चा प्रेम..
गुलाव दिएर हुन्न,
धन दौलतले छुन्न,
न त यसले प्रपोज डे नै रोज्छ,
नाना भाँति नै सोंच्छ,
भाग्यले आफैं खोज्छ