कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन जना सहमहामन्त्री थप गरेको छ।
अध्यक्ष थापाले सोमबार नवलपुरकी विन्दु पहाडी, काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठ र सल्यानका राजेन्द्र वीर रायलाई सहायक महामन्त्री पदमा मनोनयन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।