अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले आगामी विश्वकप क्रिकेटमा पूर्व भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीको पछि विकेट किपिङमा ऋषभ पन्त सबैभन्दा राम्रो विकल्प हुने बताएका छन्।
पोन्टिङले भारतीय क्रिकेट लिग (आइपिएल)मा पन्तले राम्रो प्रदर्शन गरेमा उनी भारतीय टोलीमा प्रबल दाबेदार हुने पनि बताए।
स्मरण रहोस् , अस्ट्रेलियाविरूद्धको चौथो एकदिवसिय क्रिकेट म्याचमा पन्त मैदानमा हुँदा प्रशसंकहरूले 'धोनी धोनी'को नारा लगाएका थिए।
'मैले बुझ्छु पछिल्लो दिन जे भयो, त्यसलाई बिर्साउन हामीले ठूलो काम गर्नुछ। सायद उनी भाग्यमानी हुनुपर्छ जसको कारणले गर्दा अन्तिमका म्याचमा यस्तो केहि भयो किनकी यस्तो दबाबमा पाँचै म्याच खेल्न कठिन हुन्छ। र अब उनी त्यो प्रतियोगितामा फिर्ता भइसकेका छन् जहाँ उनले पहिला राम्रो प्रदर्शन गरेका थिए', पोन्टिङले भने।
'यदि उनले हाम्रो लागि १-२ खेल जितेमा सबै कुरा भुलाइनेछ। मैले भारतीय विश्वकप टोलीमा उनको सट्टामा अर्को राम्रो विकेटकिपर देखेको छैन्', पोन्टिङले अगाडी भने।
आइपिएलको १२ संस्करणमा पोन्टिङ टिल्लीका मुख्य कोच हुन्।