दक्षिण अफ्रिकाका स्टार क्रिकेटर जेपी डुमिनीले इङ्ल्याण्ड विश्वकप क्रिकेटपछि सन्यास लिने निर्णय गरेका छन्। सन्यास घोषणा गर्दै उनले इङ्ल्याण्ड विश्वकप आफ्नो अन्तिम एकदिवसिय क्रिकेट म्याच हुने बताएका छन्।
डुमिनीले वान डेबाट सन्यास लिएपनि टि-२० क्रिकेट खेल्न भने जारी राख्ने बताए। यसअघि सन् २०१७ मा उनले टेस्ट तथा फर्स्ट क्लास क्रिकेटबाट सन्यास लिइसकेका छन्।
अन्तराष्ट्रिय क्रिकेटमा उनी कहिले रनआउट नभएका खेलाडीका रूपमा कीर्तिमानी छन्।
इङ्ल्याण्ड विश्वकपमा डुमिनीको तेश्रो सहभागिता हो। उनले हालसम्म १९३ वान डे क्रिकेट म्याच खेलेर ५०५७ रन बनाएका छन् भने ६८ विकेट लिएका छन्। उनले सन् २००४ मा श्रीलंकाको विरूद्ध क्रिकेट खेल्दै अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए।
उनले सन्यासपछिको जीवन परिवारमा केन्द्रित हुने बताएका छन्। उनले वान डे क्रिकेटमा ४ शतक र २७ अर्ध-शतक लगाएका छन्। उनी दक्षिण अफ्रिकाको क्रिकेटका मध्यक्रममा महत्वपूर्ण सदस्यका रूपमा रहेका छन्।