भारतीय क्रिकेट टोलीका मूख्य कोच रवि शास्त्रीले यस पटकको विश्वकपमा ईङ्ल्याण्ड प्रबल दाबेदार रहेको बताएका छन्।
‘ईङ्ल्याण्डले पछिल्लो दुई वर्षदेखि लगातार शानदार प्रदर्शन गर्दै आइरहेको छ। उसँग थुप्रै प्रतिभाशाली खेलाडी छन्। उनीहरूको बलिङ तथा ब्याटिङ् दुबै राम्रो छ। घरेलु मैदानमा खेल्ने भएकाले पनि उनीहरू यस विश्वकपका प्रबल दाबेदार हुन्’, शास्त्रीले भने, ‘ यस्तो भएपनि कयौं टोली यस्ता पनि छन् जसले जुन कुनै दिन कसैलाई पनि हराउन सक्छ। विश्वकपजस्तो ठूलो प्रतियोगितामा हर खेलमा उत्कृष्ट प्रदर्शन हुनु जरूरी छ।’
यस्तै उनले भारतीय टोलीमा नपरेका खेलाडीलाई निराश नहुन पनि आग्रह गरेका छन्। उनले आगामी दिनमा खेल्ने अरू पनि मौकाहरू भएकाले उनीहरू निराश हुनुनपर्ने बताएका हुन्।