इटालियन सिरी ए फुटबलमा युभेन्टसले सिजन पहिलो हार बेहोरेको छ।
लिग अन्तर्गत आइतबार राति भएको भएको खेलमा आफ्ना स्टार खेलाडी क्रिश्चियानो रोनाल्डो बिनै मैदानमा उत्रेको युभेन्टस जेनोआसँग अप्रत्यासित रुपमा २-० गोलले पराजित भएको हो ।
घरेलु मैदानमा जेनोआका लागि जित दिलाउँने क्रममा युभेन्टसका पूर्व खेलाडी स्टेफानो स्टुरारोले ७२ तथा गोरानो पान्देवले ८१ औँ मिनेटमा गोल गरेका थिए।
रोनाल्डोलाई आराम दिइएको खेलमा युभेन्टसले लिगमा एक वर्ष यता पहिलो हार बेहोरेको हो ।
युभेन्टस सिरी ए फुटबलमा यसअघि गत अप्रिल २२ मा पराजित भएको थियो । यो सिजनमा भने ३ खेलमा बराबरी गरेको थियो यसअघि भएपनि कुनै खेल हारेको थिएन। ।
यस खेलमा युभेन्टसका लागि पाउलो डिबालाले गरेको गोल भिएआरमा अफसाइड देखिएपछि रद्ध भएको थियो ।