ठमेलमा बिहीबार रातभरि दन्केको आगो अहिले साढे तीन बजे बल्ल पूर्ण नियन्त्रणमा आएको छ । आगो भित्रभित्रै दन्किरहेको जानकारी स्थानीयले दिएपछि शुक्रबार दिउँसो थप दुइटा दमकल आएर आगो नियन्त्रणमा लिएका हुन् ।
करिब १२ बजे आएका दमकल साढे तीन बजे बल्ल घटनास्थलबाट प्रस्थान गरेका छन् । अग्नि नियन्त्रक बद्रीप्रसाद अधिकारीले घटनास्थलमा सेतोपाटी सहकर्मी सुदीप श्रेष्ठलाई आगो बल्ल नियन्त्रणमा आएको जानकारी दिए । ‘अझै दुइटा कोठामा अलिअलि आगो बाँकी छ, तर यो बाहिर फैलिँदैन,’ अधिकारीले भने ।
अर्को समाचार ‘रातभरि आगो दन्किरह्यो’ पढ्न यहाँ क्लिक गर्नुहोस्