नेपाल चलचित्र पत्रकार सङ्ले आफ्नो स्थापनाको १५ औँ वार्षिकोत्सवको अवसरमा पत्रकारद्वय सन्तोष रिमाल र सन्दीप सापकोटालाई चलचित्र पत्रकारिता पुरस्कार–२०६९ प्रदान गरेको छ।
यस्तै संघले पत्रकार विजयरत्न तुलाधरलाई चलचित्र पत्रकारिता सम्मानबाट सम्मानीत गरेको छ।
पुरस्कृत रिमाल र सापकोटाले १५ हजार पाँच सय ५५ रुपैयाँ र विभिन्न उपहार सामग्री प्राप्त गरेका छन्। उनीहरुलाई निर्देशक यादव खरेल, अभिनेता राजेश हमाल, करिश्मा मानन्धर, झरना थापा, जीवन लुँइटेल, आर्यन सिग्देल, सञ्चारकर्मी भरत शाक्य र विदुर गिरीलगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए।
'फिल्म पत्रकारहरुले सचेतकताको भूमिका निर्वाह गर्न सक्नुपर्छ। कलमबाट फिल्म क्षेत्रका विभिन्न पक्षबारे जानकारी गराउने पत्रकारहरुलाई यस्ता सम्मान र पुरस्कारले प्रोत्साहन गर्ने निर्देशक खरेलले बताए।
कार्यक्रममा २०७० सालका लागि सञ्चारकर्मी अनन्त वाग्लेलाई चलचित्र पत्रकारिता सम्मान र अशोकप्यासी राई तथा जयन सुब्बा मानन्धरलाई चलचित्र पत्रकारिता पुरस्कार दिने घोषण समेत गरियो।