'प्रेमगीत ३'का लागि अभिनेताद्वय शिव श्रेष्ठ तथा सुनिल थापा अनुबन्धित भएका छन्।
शिवलाई यसअघि राजेश हमालले निर्वाह गर्ने भूमिकाका लागि अनुबन्धित गरिएको हो। हमालले कार्य व्यस्तताका कारण सिनेमा गर्न नभ्याउने बताएपछि सिनेमामा शिवलाई अनुबन्ध गरिएको हो।
अब शिवले सिनेमामा राजाको भूमिका निर्वाह गर्नेछन्।
सिनेमालाई छेतेन गुरुङ र सन्तोष सेनले संयूक्त रूपमा निर्देशन गर्नेछन्। दशैंपछि छायाँकनमा जाने सिनेमा चैत २८ गते रिलिज हुनेछ ।