बिहिवार साँझ राजधानी काठमाण्डौमा नेपाली सिनेमा 'सानो मन'को प्रिमियर गरिएको छ ।
करिव पाँच सय जनाको उपस्थितिमा भएको प्रिमियरमा नेपाली सिनेमा तथा संगीत क्षेत्रका विभीन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
'सिनेमा हेरेपछि पाएको प्रतिक्रियाले मलाई 'नर्भस' बनाएको छ । मेहनतको कदर हुँदा खुशीले बोल्नै आईरहेको छैन्' सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्देशक सुयोग गुरुङले भने, 'मैले मेरो क्षमताको साठी प्रतिशत मात्र काम गरेको छु जस्तो लागेको थियो तर मैले सय प्रतिशत नै काम गरेको रहेछु भन्ने भईरहेको छ । सिनेमा क्षेत्रका चर्चित व्यक्तिहरुले सिनेमा हेरेपछि मलाई अँगालो हालेर रुनुभयो । यसबाट मैले केहि राम्रो गरेको रहेछु भन्ने महशुस भयो' ।
त्यसैगरी अभिनेत्री शिल्पा मास्केले नयाँ निर्देशकबाट यति धेरै अपेक्षा नगरेको भएता पनि प्रमाणित गरेको बताइन्।
'सुयोगबाट मैले यति अपेक्षा नै गरेको थिइन तर म सिनेमा हेरेपछि 'नर्भस' छु । यो सफलताको प्रमूख श्रेय निर्देशकलाई नै जान्छ' , उनले भनिन्।
नायक आयुष्मान देशराज जोशीले निर्देशकको 'कन्फिडेन्स'ले नै सिनेमा बनेको बताए ।
'हरेक शट लिनुअघि निर्देशकले गहन रुपमा सोच्नुहुन्थ्यो । शुरुदेखष नै डेब्यू निर्देशकमा 'कन्फिडेन्स' थियो' ।
'सानो मन' शुक्रबारदेखी देशैभरका मल्टिप्लेक्स सहित सिंगल स्क्रिनहरुमा एकसाथ रिलीज भएको छ ।
सिनेमामा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ ।