सौगात मल्ल स्टारर सिनेमा ‘माछा माछा’ले पोस्टर र रिलिज मिति सार्वजनिक गरेको छ।
सिनेमा कार्तिक २९ गते रिलिज हुनेछ। सिनेमाले ३ शहरिया गाउँले युवाको शहरमा जीवन स्थापित गर्न उनीहरूले गर्ने संघर्षको कथा भन्छ।
सिनेमामा सौगातसँगै विजय बराल र अनोज पाण्डेको प्रमूख भूमिका छ ।
सिनेमालाई सुनिल गुरुङले लेखेका तथा निर्देशन गरेका हुन्।
उनीहरूका अलावा प्रवीण खतिवडा, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, धुर्व कोइराला, बसन्त भट्ट लगायतका कलाकारको पनि अभिनय छ ।
सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा रामबाबु गुरुङ र दयाहाङ राईको लगानी छ ।
सिनेमाको सह-निर्मातामा ओमचंद्र रौनियार र अर्जुन कार्की छन् । सिनेमामा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, आनन्द महर्जनको पोस्टर डिजाइन, शिवराम श्रेष्ठको छायाँकन र निर्देशक गुरुङको लेखन छ ।