गत वर्षबाट जापानमा सुरू भएको 'सूर्य इन्टरनेशनल अवार्ड'को दोश्रो संस्करण यस वर्ष नोभेम्बरमा हुने भएको छ।
अवार्ड आयोजक कम्पनी सूर्य इन्टरनेशनल कर्पोरेसन लिमिटेडले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएको हो।
सम्मेलनमा बोल्दै लिमिटेडका अध्यक्ष बासुदेव लामिछानेले दोश्रो संस्करणको अवार्ड अघिल्लो भन्दा झनै भब्य हुने बताए।
अवार्ड आउँदो नोभेम्बर २४ मा टोकियोमा हुनेछ। यसपटकको अवार्ड समान ६-६ विधामा सिनेमार संगीतलाई समेटिनेछ।
त्यसैगरी सो अवार्ड समारोहमा दुई दशक लामो सिनेमा यात्रा तय गरेका एक सिनेमाकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्डले सम्मानित गरिनेछ भने एक दशक लामो सिनेमा यात्रा तय गरेका सिनेमाकर्मीलाई सिनेमाकर्मी सम्मान प्रदान गरिनेछ। यस्तै एक पत्रकारलाई सिनेमा पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ ।
पत्रकार सम्मेलनमा अवार्डका लागि मनोनयनमा परेकाहरूको घोषणा केही दिनमा सार्वजनिक गरिने जानकारी दिइयो। अववर्डमा नोमिनेशनमा परेका सबैलाई टोकियो लैजाने जानकारी आयोजकले दिएको छ।
अवार्डमा गतवर्ष अर्थात २०७५ साल बैशाख १ देखि चैत्र ३० गतेसम्म सार्वजनिक भएका सिनेमा तथा गीत संगीतले सहभागिता जनाउन पाउनेछन् । पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् ।