झूमा लिम्बू र सागरराजले मुन्धुम संगीतको फ्युजन भएको गीत जिन्दगीमा सार्वजनिक गरेका छन्। युट्युबमा सार्वजनिक भएकाे यस गीतमा गितारसँगै सारंगी र मादलको मिठासपूर्ण धुनले गीतलाई कर्णप्रिय बनाएको छ।
गीतलाई गायक सागरराजले नै निर्देशन गरेका हुन्। गीतको भिडियाेमा गायक गायिकासँगै शम्भु बानियाँ मादल र धर्म गन्धर्व सारंगी बजाइरहेका देखिन्छन्। रमाइलाे शैलीमा गाएकाे याे गीतकाे शब्दमा जिन्दगीकाे दु:ख सुखका भावलाई समेटिएकाे छ।