भारतका कमेडियन कलाकार कपिल शर्मा बाबु बनेका छन्।
गिन्नी चटरथसँग गत डिसेम्बर १२ मा उनले बिहे गरेका थिए। बाबु बनेपछि शर्माले ट्वीटमार्फत आफ्नो छोरी भएको जानकारी दिएका छन्।
उनले ट्वीटरमा भनेका छन् ‘हाम्रो छोरी भइन्, तपाई सबैको आशिर्वाद जरुरत छ, जय माता दी।’ शर्माले ट्वीट गरेपछि उनलाई बधाईको ओइरो लागेको छ।
बलिउड सेलिब्रेटिजहरु किकू शारदा, रकुल प्रित, दिया मिर्जा, भुवन बाक लगायतले उनलाई बधाई दिएका छन्।
कपिल हाल ‘द कपिल शर्मा सो’ को सुटिङमा व्यस्त छन्।