काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)को १७ औं संस्करणमा २९ देशका ६९ फिल्म प्रदर्शन हुने भएको छ। पर्वतीय विषयवस्तुमा आधारित फिल्म महोत्सव आगामी मंसिर २५ देखि २९ सम्म राजधानीको सभागृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुनेछ। नेपाली पानारोमाअन्तर्गत यसपटक १४ वटा फिल्म समावेश छन्।
महोत्सवमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा समावेश छन्। महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र एक लाख रुपैयाँ जित्नेछन्।
‘नेपाल पानोरामा’अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैर–कथानक (ननफिक्सन) फिल्मलाई क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ। कथानक विधातर्फको पुरस्कार मिला प्रोडक्सनले र गैर–कथानकविधातर्फको पुरस्कार राशी चलचित्र विकास बोर्डले प्रायोजन गर्नेछ।
हेर्नुस्, किम्फको समयतालिकाः