'म यस्तो गीत गाउँछु २' सिनेमाको ट्रेलर सार्वजनिक भएको छ।
पल शाह र पूजा शर्माको मुख्य भूमिकामा रहेको उक्त सिनेमाको ट्रेलर बिहीबार सार्वजनिक गरेको हो।
सुदर्शन थापा र पूजा शर्माको निर्देशनमा बनेको सिनेमा फागुन ३० गते प्रदर्शन हुनेछ।
प्रेम कथामा आधारित सिनेमामा जन्मजया र साम्पाङ राई सहनिर्माता रहेका छन्।
दुई हप्ताअघि मात्रै उक्त सिनेमाको गीत 'कसम' सार्वजनिक गरिएको थियो।