गायक रोहित जोन क्षेत्रीले आफ्नो नयाँ गीत 'चाहना' युट्युब मार्फत सार्वजनिक गरेका छन्। सन् २०१३ मा चर्चित गीत 'बिस्तारै बिस्तारै' सार्वजनिक गरेका क्षेत्रीले त्यसयता बिस्तारै बिस्तारै र झरीपछिको इन्द्रेणी एल्बम सार्वजनिक गरिसकेका छन्। नयाँ वर्ष २०२० को सुरुमै 'बिदाइ' गीत निकालेका क्षेत्रीका अनुसार चाहना उनको तेस्रो एल्बमको दोस्रो गीत हो।
आफ्नो प्रेमिकाप्रति समर्पित प्रेम गीत चाहनामा जीवनमा जतिसुकै अप्ठेरो आए पनि आफ्नो मायालुलाई सधैं साथ दिने भावना पोखिएको छ। गीतमा शब्द र संगीत पनि गायकले नै तयार पारेका हुन्। जेम्स खत्रीको निर्देशन रहेको गीतको भिडियो समीर ताम्राकार र निरन्जन महर्जनले खिचेका छन्। गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ विनय अमात्यले गरेका हुन्।