शाहरूख खान अभिनित 'जिरो"सँगै रिलिज भएर पनि व्यापारमा आफूलाई सफल बनाएको दक्षिण भारतीय कन्नड सिनेमा 'केजिएफ'को दोश्रो भागको सुटिङ छिट्टै सुरू हुने भएको छ।
पहिलो भागको सफलताले दोश्रो भाग सिनेमालाई अझ भब्य बनाउने तयारीमा यसका निर्माताहरू जुटेका छन्।
बुधबार एक कार्यक्रमबीच सिनेमाको औपचारिक सुरूवातको घोषणा गरियो। कार्यक्रममा सिनेमाका प्रमुख अभिनेता यश, अभिनेत्री श्रीनिधि शेट्टी, निर्देशक प्रशान्त नील तथा विजय किर्गदुर सहभागी भएका थिए।
'केजिएफ' सोचेभन्दा बढि सफल भएपछि दर्शकहरूलाई दोश्रो भागलाई लिएर विशेष चासो छ। उनीहरूको आशा बढेको छ।
'पहिलो भाग हेरी दोश्रो भाग अझ राम्रो र भब्य हुनेछ', केहि समय पहिले एक साक्षात्कारमा यशले भनेका थिए।
सिनेमाको सुटिङ् अप्रिलबाट सुरू हुँदैछ।
पिरियड ड्रामा अन्तरगत राखिएको सिनेमाले ७० को दशकका माफियाहरूको कथा भन्छ। यो सिनेमा कन्नड भाषामा बनेको सर्वाधिक महँगो सिनेमा हो।
सिनेमा बलिउड अभिनेता संजय दत्तलाई मुख्य खलनायकको भूमिकामा खेलाउने तयारीमा 'केजिएफ' युनिट रहेको छ।