शाहरूख खानसँग 'दिलवाले' र 'चेन्नई एक्सप्रेस' काम गरिसकेका रोहित शेट्टी पछिल्लो समय लगातार सुपरहिट सिनेमा दिने बलिउड निर्देशकको सूचिमा पर्छन्।
थुप्रै कलाकार उनीसँग काम गर्न लालायित छन्। यस्तै बलिउडमा कुनै पनि निर्देशकका लागि बलिउडका पावर हाउस मानिने ३ खान सलमान खान, शाहरूख खान तथा आमिर खानसँग काम गर्न पाउनुलाई एउटा उपलब्धि मान्द्छन्।
यस्तोमा रोहितको मनमा पनि तीन खानसँग काम गर्ने इच्छा नहोला भन्न सकिन्न। उनको शाहरुख खानसँग काम गर्ने इच्छा त पूरा गरिसकेका छन्।
अब यो सूचिमा सलमान खान पनि थपिने भएका छन्।
आफ्नो छिट्टै रिलिज हुन लागेको 'भारत'को प्रचारमा रहेका सलमान खान स्वयंले नै यसको खुलासा गरेका हुन्।
प्रचारक्रममा 'रोहितसँग काम गर्ने लागेको हो?' भन्ने जिज्ञासाको जवाफ दिदैं उनले यसको खुलासा गरेका हुन्।
'हो रोहुत र मेरोबीचमा सँगै काम गर्ने बारेमा कुरा भएको छ तर टुङ्गो भने लागिसकेको छैन। हाम्रो कुरा मिलेमा तपाईंहरूले थाहा पाउनुहुनेछ', सलमानले भने।