'नागिन' टेलिश्रृखंलाबाट चर्चित बनेकी अभिनेत्री मौनी रोयलाई 'बोले चुडियाँ' सिनेमाबाट निकालिएको छ।
उनलाई सिनेमामा नवाजउद्दिन सिद्दिकीको जोडीका रूपमा अनुबन्धन गरिएको थियो।
निर्माणपक्षले मौनीले गैर जिम्मेवारपूर्ण व्यवहार गरेकाले सिनेमाबाट निकालिएको बताएका छन्।
केहि दिन अगाडी मौनी र नवाजको सिनेमामा रहेको 'फस्ट लुक' समेत सार्वजनिक गरिएको थियो।
यस्तोमा उनलाई बाहिर निकालिएको खबर सार्वजनिक भएको हो।
'हामीले सिनेमाम ठूलो लगानी गरेका छौ र कसैलाई सिनेमाप्रति समर्पित होऊ, व्यवसायिक होऊ भन्दा गल्ती हुनछ भने माफ गर्नुहोस् सिनेमाप्रति हामी गम्भीर छौं, यो हाम्रा लागि सेख होइन', सिनेमाका निर्माता राजेश भाटियाले भने।
भाटियाले सिनेमामा अनुबन्धन गरेदेखि नै मौनी र उनको एजेन्सीले गैर-व्यवसायिक हर्कत गर्दै आइरहेको आरोप लगाए।
भाटियाले यस्तो आरोप लगाएपनि मौनीकी प्रवक्ताले भने भाटियासँग मतभेद भएपछि सिनेमा छाडेको बताएकी छन्। उनले सार्वजनिकरूफमा भाटियाले गैर व्यवसायिक भएको बताए पनि इमेल तथा म्यासेजमा उनले अरू नै कुरा भनेको बताएकी छन्।