हाल बलिउड अभिनेता अक्षयकुमार 'सूर्यवंशी'को सुटिङमा व्यस्त रहेका छन्। पछिल्लो केहि वर्षयता उनी अभिनित सिनेमाहरू लगातार वक्सअफिसमा सुपरहिट हुँदै आएका छन्।
यसै वर्ष रिलिजभएको 'केशरी'पनि वक्सअफिसमा सुपरहिट भयो।
एक्सन अभिनेतारूपमा बलिउडमा डेब्यू गरेका अक्षयले करियरको सुरूमा एक्सन केन्द्रित सिनेमामा व्यस्त राखेपनि उनले कमेडी तथा सामाजिक विषयका सिनेमामा पनि आफूलाई सफल सावित गरिसकेका छन्।
उनै अक्षय अब एक सिनेमाको सिक्वलमा देखिने भएका छन्। उनी आफू अभिनित सन् २०१२ मा रिलिज भएको सुपरहिट 'राउडी राठौर'को सिक्वलमा देखिने भएका हुन्।
सिनेमाका निर्माताहरूले हाल यस सिनेमाको तयारी गरिरहेको बताइन्छ। हाल यसको स्क्रिप्टमाथि काम भइरहेको छ।सिनेमामा अक्षय हुने पक्का भएपनि अभिनेत्री सोनाक्षी सिन्हा हुने या नहुने बारेमा केहि तय भने भइसकेको छैन।
हाल 'सूर्यवंशी'को सुटिङमा रहेका अक्षयले यसपछि 'कंचना'को हिन्दी रिमेकमा अभिनय गर्नेछन्।