बलिउडका महानायक अमिताभ बच्चनको ट्विटर एकाउन्ट सोमबार अबेर राति ह्याक भएको छ।
ह्याकरहरूले अमिताभको ट्विटर ह्यान्डलमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको फोटो हालेका थिए। उनीहरूले ह्याक गरेर ३ वटा ट्वीट समेत गरे। एक ट्विटमा 'लव पाकिस्तान' समेत लेखिएको थियो।
सुरूवाती जानकारीका अनुसार टर्कीको पाकिस्तान समर्थक अयालडिज टिमले अमिताभको एकाउन्ट ह्याक गरेको हो। अन्य ट्वीटमा पाकिस्तानको झण्डा हालिएको थियो।
यसैगरी ह्याकरहरूले ट्वीटरको प्रोफाइल र कभर तस्वीरसमेत परिवर्तन गरिदिएका थिए।
ह्याकरहरूले आफ्नो पहिलो ट्वीटमा 'यो सारा संसारका लागि महत्वपूर्ण सन्देश हो। हामी टर्कीका खेलाडीप्रति आइसल्यान्डमा गरिएको व्यवहारको निन्दा गर्छौं। हामी हाम्रो कुरा सहज तर दृढतापूर्वक राख्छौं र तपाईलाई ठूलो साइबर हमलाको बारेमा सचेत गराउन चाहन्छौङ। अयालडुज टिम टर्किस आर्मी' लेखेका छन्।
अहिले ट्वीटर एकाउन्ट बहाल भइसकेको छ।