लामो समयदेखि ज्याकलिन फर्नान्डिस कुनै सिनेमा देखिएकी छैनन्। सिनेमाबाट दर्शकसँग नजोडिएपनि उनी सामाजिक संजालबाट भने जोडिरहेकी हुन्छिन्। उनको सक्रियता विशेषगरी इन्स्टाग्राम छ।
आफ्नो फोटो, भिडियो निरन्तर इन्स्टाबाट अपडेट गरिरहन्छिन्।
ज्याकलिनले इन्स्टाग्रामबाट आफ्नो जीवन सबैभन्दा ठूलो गल्तीका बारेमा खुलासा गरिन्।
उनले 'मान्छेले आफ्नो बारेमा के सोच्लान र के भन्लान भनेर चिन्ता गर्नु' रहेको बताएकी छन्।
'यो सोचले तपाईको सपना मारिदिन्छ। तपाईं आफ्नो बारेमा के सोच्नुहुन्छ, के भन्नुहुन्छ, यसले अर्थ राख्छ, अरूका लागि बाँच्न छोडिदिनोस्', इन्स्टाग्राममा उनले लेखेकी छन्।
त्यसैगरी उनले आफू संवेदनशिल मानिस भएकाले सामाजिक संजालमा आउने नकारात्मक टिप्पणीले आफूलाई प्रभावित गर्ने बताएकी छन्।
एक टिभी अन्तरवार्तामा समेत त्यसको खुलासा गरेकी थिइन। सो अन्तरवार्तामा उनले 'मलाई इन्स्टाग्रामका मेरा फ्यानहरूसँग लगाव छ तर यस्तोमा त्यहाँ कसैले मलाई केहि भनिदियो भने मलाई किन यस्तो भन्ने लाग्छ', बताएकी थिइन्।
त्यसैगरी सो अन्तरवार्तामा उनलाई शो संचालक नेहा थुपियाले सामाजिक संजालका कुराले प्रभावित पर्छ भनेर सोधेको प्रश्नमा उनले आफू प्रभावित हुने बताइन्।
'म एकदमै संवेदनशील छु, मलाई नराम्रो लाग्छ। म यी सबै कुराबाट प्रभावित हुन्छु। मलाई त्यो मानिसप्रति मेरो नकारात्मक प्रभाव छ कि भनेर सोच्छु। तर किन, मैले के गरेको छु?', उनले भनिन्।
इन्स्टामा ज्याक्लिनलाई २.८ करोड बढिले फलो गर्छन् भने ट्वीटरमा उनलाई १.३ करोडले पछ्याउँछन्।