रसियामा जारी फ्रान्स र क्रोएशियाबीचको विश्वकप फाइनलमा फ्रान्सले अग्रता पाएको छ।
खेलको १८ औं मिनेटमा फ्रान्सलाई प्राप्त फ्रिकिकलाई क्लिएर गर्ने क्रममा क्रोएशियाको खेलाडी म्यान्डुजुकिकले आफ्नै पोस्टमा बल छिराएपछि फ्रान्सले अग्रता पाएको हो।
यो उनको फुटबल करियरको पहिलो आत्मघाती गोल हो।