ग्लोबल आइएमई बैंक र युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पताल, भैरहवबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
बैंकले ५ नम्बर प्रदेशका ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले अस्पतालसँग दुईपक्षीय सम्झौता गरेको हो। उक्त सम्झौतापत्रमा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत अजय कुमार पि. एस. र बैंकका भैरहवा शाखाका प्रमुख दिलिप डांगीले हस्ताक्षर गरे।
ग्लोबल आइएमई बैंकले ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता खालका योजनाहरु ल्याईरहेको छ।
सम्झौताअनुसार अस्पतालमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, र प्रिभिलेज कार्ड लिएका ग्राहकले विभिन्न सेवामा २० प्रतिशत सम्म छुट पाउने छन्।
बैंकका देशभर १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन्।