ग्लोबल आइएमई बैंकले शंकरदेव क्याम्पसमा आफ्नो एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ।
शंकरदेव क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले क्याम्पसलाई बुझाउनुपर्ने शुल्क संकलनको निमित्त बैंकले क्याम्पस परिसरमा एक्सटेन्सन काउन्टरको सुुरुआत गरेको हो। योसँगै बैंकको एक्सटेन्सन काउण्टर संख्या ८ पुगेको छ।
ग्लोबल आइएमई बैंकले सरकारी कार्यालयहरुको आर्थिक कारोबार बैंकिङ्ग च्यानलको माध्यमबाट गराउने उद्देश्यका साथ विभिन्न सरकारी कार्यालयहरुमा आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउँदै आएको छ।
बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोशी, नारायणी र गण्डकी अञ्चलका यातायात व्यवस्था कार्यालयहरु, अध्यागमन विभाग, उद्योग विभाग, यातायात व्यवस्था कार्यालय–सतुङ्गल, आन्तरिक राजश्व कार्यालयहरु जनकपुर, धरान, तुल्सीपुर, लाहान, कावासोती र मालपोत कार्यालय नारायणगढमा आफ्नो काउण्टर स्थापना गरि सरकारी कार्यालयहरुमा सेवा प्रदान गदै आइरहेको छ।