कुमारी बैंकले कमलपोखरीस्थित कमल आधारभूत विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरेको छ।
विगत वर्षको सहयोगलाई निरन्तरता दिँदै बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु¥याउन बैंकले उक्त पाठ्यपुस्तक बितरण गरेको जनाएको छ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक मानबहादुर खड्काज्यूलाई पाठ्यपुस्तक हस्तान्तरण गरे।