नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर तथा प्रति शेयर २३ रुपैयाँ ५० पैसा (कर सहित) वितरण गर्ने भएको छ।
कम्पनीको बीरगंजमा सम्पन्न उन्नाइसौं बार्षिक साधारण सभाले यस्तो निर्णण गरेको हो। बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५४ अर्व ९९ करोड ६१ लाख ६ हजार ८ सय १० रुपैयाँ हुने कम्पनीले जानकारी दिएको छ।
अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समिक्षा बर्षमा कम्पनीले कूल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजारहिस्सा हासिल गरेको दाबी गरे।
कम्पनीका अनुसार सभाबाट आव २०७४,०७५ को संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा स्वीकृत भएको छ ।
हाल यस कम्पनीको लगानी ६७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ।कम्पनीका देसभरि करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखा छन्।