स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आईपिओ आज बाँडफाँड भएको छ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आइपिओ बाँडफाँड गरेको हो। आज बाँडफाँड भएको लघुवित्तको आईपिओ १८ हजार ५ सय ५८ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गरेका छन् भने २० देखि ५ हजार कित्तासम्म आवेदन गरेका ७ जना आवेदकले ११ कित्ता शेयर पाएका छन्।
स्वाभिमानको आईपिओमा ३२.५० गुणा बढी कूल ३ लाख २७ हजार ४८६ आवेदकबाट ६० लाख ३१ हजार ११ कित्ता बराबरको ६० करोड ११ लाख ११ हजार रुपैयाँ बराबरको आवेदन परेका हुृन।
जसमध्ये ३ लाख २७ हजार ४ सय ८६ जनाबाट ६० लाख २४ हजार ७ सय ६० कित्ताको आवेदन सदर भएको थियो भने आईपिओमा आवेदन गरेका २ सय ३० जनाको ६ हजार ३ सय ४० कित्ताको आवेदन विविध कारणले रद्ध भएको छ ।
शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार लघुवित्तले जारी पुँजीको ३२.११ प्रतिशत बराबरको एक लाख ९८ हजार ६१० कित्ता शेयर निष्काशन गरेको हो।
कूल निष्काशित सर्वसाधारण शेयरमध्ये कर्मचारीलाई र सामूहिक लगानी कोषहरुका लागि छुट्टाएर बाँकी एक लाख ८५ हजार ५ सय ८७ कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशन गरिएको थियो।
रुपन्देहीको तिलोत्तमा, ५ मा केन्द्रीय कार्यालय रहेको स्वाभिमानको आईपिओ बाँडफाँड पश्चात कम्पनीको ६ करोड १८ लाख रुपैयाँ चुक्ता पुँजी पुगेको छ।