ज्योति विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ। उक्त सम्झौता अनुसार बैंकका देशभरका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्सको निर्जीवन बीमा योजनाहरु विक्री गर्ने तथा बीमीतहरुलाई सेवा प्रदान हुनेछ।
सम्झौतामा ज्योति विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहले हस्ताक्षर गरे।
बैंकका ग्राहकहरुले कुनै पनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।