ग्लोबल आइएमई बैंक र बि एण्ड सी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ।
सम्झौता अनुसार मेडिकल कलेज झापामा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट,प्रिभिलेज कार्ड लिएका ग्राहक र बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट पाउने छन् ।
बैंकले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिन अस्पतालसँग सम्झौता गरेको बताएको छ।सम्झौतापत्रमा मेडिकल कलेजका जनसम्पर्क अधिकृत प्रोमिश गिरी र बैंकका बिर्तामोड शाखा प्रबन्धक पवनकुमार पौडेलले हस्ताक्षर गरे।
बैंकका देसभरि १३७ शाखा, २६ एक्सटेन्सन काउण्टर र राजश्व संकलन काउण्टर, १४५ एटिएम, १४० शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय छन्।