लाइफ इन्स्योरेन्स कर्पोरेशनको संचालक समितिको अध्यक्षमा श्रीएमआर कुमार नियुक्त भएका छन्।
यस अघि हेमन्त भार्गवले कम्पनीको संचालक समितिका अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।नवनियुक्त अध्यक्ष श्रीएमआर कुमार एलआईसी अफ इण्डियाको बर्तमान अध्यक्ष हुन्।
एलआईसी अफ इण्डियाको अध्यक्ष नै एलआईसी नेपालमा पनि संचालक समितिको अध्यक्ष रहने परिपाटी रहेको छ । श्रीएमआर कुमारले ३६ वर्ष बढी बीमा क्षेत्रमा काम गरेका छन्।