बैशाख दोस्रो सातापछि बैंकहरुको निक्षेपमा सुधार आएको छ।
पुस मसान्तसम्मको तुलनामा चैत मसान्तमा घटेको निक्षेपमा बैशाख दोस्रो सातापछि मात्रै सुधार देखिएको छ।
बैशाख १३ गतेसम्म वाणिज्य बैंकहरुमा कुल २६ खर्ब ९६ अर्ब निक्षेप संकलन भएकोमा २७ गते २७ खर्ब ८ अर्ब पुग्यो। जेठको ३ गतेसम्म आउँदा २७ खर्ब २२ अर्ब निक्षेप संकलन भएको बैंकर्स एसोसिएसनले जनाएको छ।
पुँजीगत खर्च बढ्ने र त्यसले बैंकहरुमा पनि निक्षेपमा सुधार आउने अपेक्षा छ।निक्षेपसँगै बैंकहरुको कर्जा विस्तार पनि बढ्दै गएको छ। बैशाख १३ गतेसम्म कुल २४ खर्ब ३८ अर्ब कर्जा प्रवाह भएकोमा जेठ ३ गतेसम्म २४ खर्ब ५२ अर्ब पुगेको छ।