कतार एयरवेजले मेगा बैंकका कार्ड प्रयोगकर्तालाई हवाई यात्रामा विशेष छुट दिने भएको छ ।
बैंक सिइओ अनुपमा खुञ्जेली र कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर महम्मद ई इमामबीच हवाई सेवामा प्राथमिकता र छुट दिने सम्झौता भएको हो।
सम्झौता अनुसार, कतार एयरवेजले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा १० प्रतिशत छुट दिने छ। यो छुट कतार एयरवेजको उडान हुने १ सय ६० वटै देशमा लागू हुने सम्झौतामा उल्लेख छ।
कतार एयरवेजको काठमाडौँको हात्तीसारस्थित कर्पोरेट कार्यालयबाट ग्राहकले मेगा बैंकको कार्ड प्रयोग गरेर टिकट लिन सक्नेछन्। यसका साथै मेगा स्मार्ट मोबाइल बैंकिङमार्फत पनि बैंकका ग्राहकहरुले टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ। बैंकका क्रेडिटकार्ड प्रयोगकर्तालाई मासिक किस्ता मार्फत पनि टिकट खरिद गर्न मिल्ने सुविधा मिलाइएको छ।