मध्यपुरको चार दोबाटोस्थित छ लेन सडक छेउमा वृक्षारोपण गरिएको छ ।
विश्व खडेरीविरुद्धको संघर्ष दिवसको सन्दर्भमा सुन्दर नगर टोल सुधार समिति र प्रोग्रेशिभ फाइनान्सले संयुक्त रुपमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो।
सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत यी संस्थाले हरियाली प्रवद्र्धनको लागि वृक्षारोपण गरेको संयोजक पुनम बज्राचार्यको भनाइ छ।
कार्यक्रम प्रदेश नं ३ का सांसद डा. राजेन्द्रमान श्रेष्ठले उद्घाटन गरे।