घोडीघोडा लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आइपिओको नतिजा शुक्रबार सार्वजनिक भएको छ। १२ हजार ४ सय ५९ आवेदकले न्युनतम दश कित्ताका दरले शेयर पाएका छन्।
गत आसर २० मा संस्थाले १ लाख ३२ हजार ६ सय कित्ता आइपिओको बिक्री खुलाएको थियो। जसमा १ हजार ३ सय ८० कित्ता शेयर कर्मचारीलाई र ६ हजार ६ सय ३० सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। बाँकी रहेको १ लाख २४ हजार ५ सय ९० कित्ता सर्वसाधारणको लागि खुलाइएको थियो।
आइपिओमा माग भन्दा ३७ गुणा बढी अर्थात ४९ लाख ५६ हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। शेयरका लागि २ लाख ८६ हजार ५५ जनाले आवेदन दिएका थिए। जसमा ४ सय ९० आवेदन रद्द भयो।
सदर २ लाख ८५ हजार ५ सय ६५ आवेदनमध्येबाट गोलाप्रथा गर्दा १२ हजार ४ सय ५९ जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन्। बाँकी २ लाख ७३ हजार ५ सय ९६ आवेदककको भने हात भने रित्तो रह्यो।
कन्चनपुरको बेलौरीमा केन्द्रीय कार्यलय रहेको यो कम्पनीको अहिले अधिकृत पूँजी १० करोड जारी पूँजी २ करोड १२ लाख ५० हजार र चुक्ता पूँजी १० लाख ५० हजार रहेको छ।