नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार सामान्य सुधारसँगै बन्द भएको छ।
१२४८.५४ अंकबाट कारोबार सुरु भएको नेप्से आज ०.९५ अंकले बढेर १२४९.४९ मा पुगी बन्द भयो। बजार खुलेको आधा घण्टामा ४ अंकले बढेको बजार त्यसपछि निरन्तर उतार चढाव हुदाँ अन्त्यमा सामान्य सुधार हुन पुगेको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.२४ अंकले सुधार हुदैँ २६८.५७ अंकमा पुग्यो । १ सय ६१ कम्पनीको १० लाख ४२ हजार कित्ता शेयर किनबेच भएको दिनभरिमा २८ करोड ५२ लाख १४ हजार रुपैयाँ बराबरको मात्रै शेयर कारोबार भयो ।
शेयर उपसूचकहरु भने आज मिश्रित देखिए । बैंकिङ ०.६१, फाइनान्स १.६१, निर्जीवन बीमा ०.१२, उत्पादन २.५३ तथा माइक्रोफाइनान्स ०.४७ अंकले घट्दा बाँकी उपसूचक भने साकारात्मक देखिए।
आज सबैभन्दा बढी जीवन बिमाको शेयर ३२.५२ अंकले बढ्यो भने, होटल समूहको बजार ११.९६ अंकले बढ्यो । आइतबार सबैभन्दा धेरै सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको कारोबार भयो । ट्रस्टको २ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भयो भने, त्यसपछि मेगा बैंकको संस्थापक शेयर २ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
यस्तै, आज मेगा बैंकको संस्थापक शेयरे मात्रै २ लाख ५ हजार ८ सय ७१ कित्ता कारोबार भयो । यस्तै, सबैभन्दा बढी महुली सामुदायीक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाए भने सबैभन्दा बढी मल्टिपर्पाेज फाइनान्स कम्पनीका शेयर धनिले गुमाए ।