सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई सर्वसम्मतिले नियुक्त गरेको छ ।
कार्यकारी अधिकृत पद एक हप्तादेखि खालि रहेकाले बैंकले पौड्याललाई ४ वर्षको लागि सो पदमा नियुक्त गरेको हो।
३० वर्षअघि पौड्यालले नविल बैंबाट बैंकरको जागिर सुरु गरेका थिए । उनीसँग ११ वर्ष नविलमा तथा ५ वर्ष एनआइसी बैंकमा काम गरेको अनुभव पनि छ । त्यसपछि लक्ष्मी बैंकमा काम सुरु गरेका उनले ग्लोबल बैंकमा नायब प्रमुख कार्यकारी हुँदै प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन् ।
यसबीचमा उनी अध्यायनको क्रममा लन्डन पनि पुगे । उनले त्यहाँ रहँदा ४ वर्षभन्दा बढी समय बैंकमा काम पनि गरे । ।ग्लोबलमा पौड्यालको कन्ट्याक्ट सकिन दुई वर्ष बाँकी हुँदै राजिनामा दिएर बसेका थिए ।
सनराइज बैंकका प्रमुख कार्यकारीमा निरज श्रेष्ठको नियुत्तिको विषयमा सञ्चालकहरुबीच बिबाद भएपछि श्रेष्ठले काम गर्न नसक्नेभन्दै राजिनामा दिएका थिए । त्यसपछि बैंकले पौड्याललाई नियुत्त गरेको हो ।