आँधिखोला लघुवित्त वित्तीय संस्थाको आइपिओ सोमबार बाँडफाँड भएको छ।
संस्थाले ४ लाख कित्ता आइपिओ खुलाएको भएपनि सर्वसाधारको भागमा ३ लाख ७५ हजार कित्ता पर्यो। बाँकी ५ हजार लघुवित्तका कर्मचारी र २० हजार सामूहिक लगानी कोषको लागि छुट्याएको हो।
असार २२ देखि २५ गतेसम्म बिक्री खुल्ला गरेको लघुवित्तको आइपिओमा आवेदन दिएका मध्ये १२.४८ प्रतिशतले शेयर पाएका छन् । सर्वसाधारको भागमा परेको ३ लाख ७५ हजार कित्ताको लागि ३ लाख ९ सय ९२ आवेदन परेको लघुवित्तको विक्री प्रवन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ । जम्मा आवेदन दिएकामध्ये ५ सय ७९ आवेदन रद्द भएका हुन्। यो मागभन्दा १४ गुणा बढी हो।
न्युनतम १० देखि अधिकतम २ हजार कित्ता सम्मको लागि आवेदन खुल्ला गरेको कम्पनीमा जम्मा ५२ लाख ५० हजार ६ सय ३० कित्ताका लागि आवेदन परेका थिए । त्यसमध्ये ८ हजार ९ सय ७० कित्ता शेयर भने रद्द भए्।
बाँकी रहेका ३ लाख ४ सय १३ आवेदनका ५२ लाख ४१ हजार ६ सय ६० कित्ता मध्येबाट गोला प्रथागर्दा ३७ हजार ५ सय जनाले १०÷१० कित्ताका दरले शेयर पाएका हुन्। यो जम्मा आवेदनको १२.४८ प्रतिशत हो ।
संस्थाको शेयर किन्न आवेदन दिएका मध्ये ८७.५२ प्रतिशत अर्थात् ६२ हजार ९ सय १४ आवेदकले भने शेयर किन्न पाएनन् । आइपिओ बिक्रीपछि संस्थाको चुक्ता पुँजी १० करोड पुग्ने छ। यस्तै संस्थापक साधारण शेयरको अनुपात ६०ः४० हुनेछ।