साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ती(एक्विजिशन) गरेको छ।
प्राप्तिपछि कम्पनीले साधना लघुवित्त वित्तीय संस्थाको नामबाट आजदेखि एकीकृत कारोबार सुरु गरेको छ। केन्द्रीय कार्यालय हरमटारी गोरखामा एक औपचारिक समारोहका बीच आज नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले एकीकृत कार्यक्रमको सुरुवात गरे।
प्राप्तिपछि संस्थाको चुक्तापुँजी ७ करोड ३५ लाख हुने र कुल निक्षेप २८ करोड रुपैयाँ, लगानी १ अर्व २० करोड रुपैयाँ, शाखा संख्या ४० हुने छन्।