नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज तिर्ने समय साउनसम्म बढाएको छ।
राष्ट्र बैंकले बाढी पहिरोको कारण असार मसान्तसम्म तिर्नुपर्ने साँवा ब्याज तथा किस्ताको समय सीमा बढाएको बताएको छ । यसअघि आर्थिक वर्ष सकिएको १५ दिन (साउन १५) भित्र ब्यावसायीले साँवा तथा ब्याज तिर्ने सुविधा पाइरहेका थिए । राष्ट्र बैंकले त्यसमा १५ दिन अझै थप गरि साउन महिनाभरि भुक्तानी गर्न पाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले प्रथमिकता प्रप्त क्षेत्रमा लगानी गरेका बैंक तथा वित्तीय संस्थालाई ६ महिनाको समय सीमा दिएको छ ।
हरेक बैंकले जम्मा कर्जाको २५ प्रतिशत लगानी प्रथमिकता प्रप्त क्षेत्रमा लगानी गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । यसअघि आर्थिक वर्ष सकिएको १५ दिन भित्र साँवा ब्याज भुक्तानी नगरे राष्ट्र बैंकले कारबाहीगर्दै आएको थियो ।