हिमालयन बैंकले टिचफर नेपाललाई ग्रामिण क्षेत्रका सामुदायिक, सरकारी बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
बिभिन्न बिषयको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयमसेवक शिक्षक पठाउनको लागि रकम रहयोग गरेको बैंकको भनाइ छ।
‘एक दिन नेपालका सबै बिद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन्’ भन्ने मूल नाराका साथ अगाडि बढेको टिचफर नेपाल संस्थाले हालसम्म बिभिन्न ६ जिल्लामा ६७ ओटा बिद्यालयमा २७० जना स्वयमसेवक शिक्षकमार्फत ३० हजार बढी बिद्यार्थीलाई विज्ञान, गणित, अंग्रेजी लगायतका विषय पढाएको बैंकले जानकारी दिएको छ।
उक्त सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनाललाई हस्तान्तरण गरे।
बैंकले देसभरि ५९ शाखा, १२१ एटिएम, २६ सय बढी कार्ड मर्चेन्टरमार्फत बैंकिङ कारोबार गर्दैआएको छ।