सिभिल बैंक आइओएस ९००१ः२०१५ प्रमाणित बैंक बन्न सफल भएको छ।
आज आयोजित एक कार्यक्रमबीच बैंकलाई आइओएस प्रमाणित गर्ने संस्था यूआरएस(युनाइटेड रजिस्टर अफ सिस्टमस्)ले सर्टिफिकेट प्रदान गरेको हो।
आइओएस प्रमाणपत्र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदानगर्दा पाइने गुणस्तर प्रमाणीकरणका साथै नियमनकारी निकायद्वारा जारी गरिएको सबै नियम कानून पालना गरिएको प्रमाणपत्र भएको बैंकको भनाइ छ।
बैंकले आगामी दिनमा पनि ग्राहकमैत्री सेवा प्रदानगर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङको भनाइ छ। बैंकले देसभरि ९६ शाखाबाट बैंकिङ कारोबारगर्दै आएको छ।