प्रभु बैंकले ‘प्रभु वेलकम’ र ‘प्रभु स्यालरी सेभिङ’ बचत खातामा औषधोपचार र दुर्घटना बीमा सुविधा सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार खाता योजनाअन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बीमा बापत ३ लाख र दुर्घटना बीमा बापत १ करोड रुपैयाँ सम्मको जोखिम बैंकले वहन गर्नेछ।
यस बीमा सुबिधाले यी दुई बचत खाता योजना अन्तर्गत हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बीमा दावी गर्नसक्ने र अकल्पनीय दुर्घटना बाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बीमा दावी पाउने बैंकको भनाइ छ।