अशोक लेलैण्ड र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ।
यस सम्झौता अनुसार आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले कामना सेवा विकास बैंकमा सहज रुपमा ७५ प्रतिशतसम्मको कर्जा सुविधा पाउने भएका छन्।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमई मोटर्सका कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरे।
यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन्।